Aamsanchar

कुलमान हटाएको विरोधमा प्रदर्शन गर्ने १२ जना पक्राउ

Author Image
मङ्गलवार, चैत १२, २०८१

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै उनको समर्थनमा मंगलबार दिनभर प्रदर्शनहरू भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

यसैबिच नेकपा बहुमतका युवाहरूले पनि सिंहदरबारको निषेध क्षेत्रमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका १२ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर