Aamsanchar

मेचीनगरका दुई व्यक्तिको घरबाट एक करोड मूल्य बराबरको अवैध सामान बरामद

Author Image
मङ्गलवार, चैत १२, २०८१

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वार्टर झापाले विशेष सूचनाका आधारमा ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीको नेतृत्वमा प्राप्त सूचनाको आधारमा मङ्गलबार बिहान ६ बजे सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट डीएसपी मदन कुमार रसाइलीको कमान्डमा २३ जनाको टोली खटिएको थियो ।

टोलीले झापा जिल्ला, मेचीनगर नगरपालिका–६, झिल्के घाम टोल क्षेत्रमा निगरानी गरिरहेको अवस्थामा दिउँसो १२ः३० बजे राजस्व अनुसन्धान कार्यालय, इटहरीका अनुसन्धान अधिकृत विधुर गौतम नेतृत्वको दुई सदस्यीय टोली समेत त्यहाँ पुगेको थियो ।

संयुक्त टोलीले सोही स्थानमा रहेका मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा विभिन्न प्रकारका कपडा तथा मोटर पार्टस बरामद गरेको छ ।

बरामद गरिएका सामानहरूको अनुमानित मूल्य एक करोड रुपैयाँ रहेको सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वार्टर झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले आमसंचारलाई जानकारी दिए । बरामद सामानहरू आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 483

प्रतिक्रिया (०)