




रौतहट – रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्।

स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाइते भएका छन्। हजुरबुबा जोगाउन गएका उनका नाति राजाबाबु माथि अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा उनलाई पनि गम्भीर घाइते बनाएको रौतहट प्रहरीले जनाएको छ।

हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको पीडित परिवारको आरोप छ। घाइते दुबै जनाको वीरगञ्जमा उपचार भइरहेको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 93