Aamsanchar

आजको माैसम

Author Image
बुधवार, चैत १३, २०८१

काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपातको पनि सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा भने आंशिक बदली मात्रै रहनेछ ।

काठमाडौं आज आंशिक बदली रहने मौसमविद् मीनकुमार अर्यालले बताए । “काठमाडौंमा आज मौसम सामान्य बदली मात्रै हुनेछ,” उनले भने, “काठमाडौंमा अझै केही दिन वर्षाको सम्भावना छैन ।”

वर्षा र हिमपातको सम्भावना रहेका भूभागको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने भन्दै विभागले सचेत रहन आग्रह गरेको छ ।

वर्षा र हिमपातको सम्भावना रहे पनि तत्काललाई हावाहुरीको सम्भावना भने नरहेको मौसमविद् अर्यालले बताए ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर