




सुनसरी – सुनसरीको इटहरीस्थित एउटा सपिङ कम्प्लेक्समा आगलागी भएको छ । इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

आगलागी लगत्तै उक्त भवनभित्र रहेका मानिसको उद्धार गरिएको तर तीन जना भने भित्रै रहेको जानकारी पाएको उनको भनाइ छ ।

आगो निभाउनका लागि १० वटा दमकल परिचालन गरिएको छ । यद्यपि आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।


यसैबिच गृहमन्त्री रमेश लेखकको पहलमा उद्धारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 40