Aamsanchar

दक्षिण कोरियाकाे दक्षिणपूर्वी क्षेत्रमा आगलागीका हुँदा १८ जनाको ज्यान गयो

Author Image
बुधवार, चैत १३, २०८१

दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलो फैलिँदा कम्तिमा १८ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । त्यहाँको आन्तरिक तथा सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २३ हजारभन्दा धेरै मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको छ । आगलागीका कारण १३ सय वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट हुनुका साथै धेरै सम्पदा र सांस्कृतिक स्थलहरू प्रभावित भएका बीबीसीले जनाएको छ ।

डढेलोका कारण १७ हजार हेक्टर जनाभन्दा धेरै जङ्गलमा क्षति पुगेको छ । कार्यवाहक राष्ट्रपति हान डक–सूका अनुसार दक्षिण कोरियाको इतिहासमा सबैभन्दा खराब डढेलोको रेकर्ड भएको बताउनुभएको छ । आगलागीको सङ्कट अझै गम्भीर रहेको उहाँको भनाइ छ ।

आगलागीको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूका अनुसार उइसोङ काउन्टीको पहाडमा एउटा अग्नि नियन्त्रक हेलिकप्टर पनि दुर्घटना भएको छ । डढेको फैलिएको क्षेत्रमा हजारौं अग्नि नियन्त्रक र सैन्य कर्मचारीहरू धेरै आगो निभाउन खटिएका छन् ।

कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि आगो निभाउन परिचालन भएका छन् । दक्षिण कोरियामा अहिले औसतभन्दा कम वर्षा भइरहेकोले सामान्यभन्दा सुख्खा अवस्था छ । यस वर्ष अहिलेसम्म दुई सय ४४ वटा डढेलोका घटना भएका छन् । जुन गएको वर्षको यही अवधिको तुलनामा २ दशमलव ४ गुणा बढी हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर