Aamsanchar

सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोए : प्रधानमन्त्री

Author Image
बुधवार, चैत १३, २०८१

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताएका हुन् । एकजनालाई हटाएर अर्को लाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाई । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जो भन्यो त्यही नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे ।

प्रधानमन्त्रीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाउँदै हल्का र उत्ताउलो नहुन बिपक्षी दललाई सुझाव दिए ।

प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्न चेतावनी दिदै ओलीले बिपक्षी दल चिसै पानीले नुहाउनुपर्ने अवस्थामा आउने तर्क गरे । त्यस्तै उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)