Aamsanchar

शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा शव फेला

Author Image
बिहिवार, चैत १४, २०८१

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटमा गएराति राति एक युवकको विभत्स हत्या भएको छ।

गएराति मध्यरातमा ओचु हाइटको शिव मन्दिरभित्र एक युवकको टाउको गिडिएको अवस्थामा सातदोबाटो प्रहरीले शव फेला पारेको छ। गस्तीमा रहेको प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको थियो।

उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत्त सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले  जानकारी दिए।

मृतक रामेछापको भएको र उनको उमेर करिब २३ वर्ष रहेको प्रहरीले जनाएको छ। व्यक्तिगत रिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनको भनाइ छ। मृतकको पहिचान खुलेको छैन।

स्थानीय बासिन्दाले पनि मृतक युवा पक्राउ परेकाको व्यक्तिको बहिनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको बताए। उनीहरूका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बहिनीसँग प्रेम सम्बन्धमा थिए, जसका कारण झगडा भएको थियो।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर