Aamsanchar

लेटाङमा रहेको एउटा कुखुरा फार्ममा आगलागी

Author Image
बिहिवार, चैत १४, २०८१

विराटनगर – मोरङको लेटाङमा रहेको एउटा कुखुरा फार्ममा आगलागी भएको छ । आगलागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ खैरेनीमा भोलाराम श्रेष्ठले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा बुधबार दिउँसो आगलागी भएको हो । आगोले सयवटा सुपारीका बोट र २ वटा लिचीका बोटसमेत मरेका छन् । कुखुरा फार्म श्रेष्ठको घरदेखि करिब १५ मिटर पूर्वमा थियो ।

प्रहरीका अनुसार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा फार्म वरपर रहेका सयवटा सुपारी र २ वटा लिचीका बोट पनि मरेका छन् ।

 

त्यस्तै, फार्मसहित फार्मभित्र राखिएको १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट जलेर ध्वस्त भएको जानकारी प्रहरीले दिएको छ । आगलागी भएको फार्ममा कुखुरा थिएनन् । नजिकैको अर्को फार्ममा कुखुरा थिए । कुखुरा रहेको फार्म भने सुरक्षित रहेको र घटनामा मानवीय एवं चौपाया क्षति नभएको प्रहरीले उल्लेख गरेको छ ।

आगो करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर