Aamsanchar

एभोकाडोको भाउ दोब्बरभन्दा धेरै बढ्यो

Author Image
बिहिवार, चैत १४, २०८१

काठमाडौं – पछिल्लो तीन महिनामा एभोकाडोको भाउ दोब्बरभन्दा धेरै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची हेर्दा बजारमा एभोकाडोको भाउ बढेको हो ।

तीन महिनाअघि एभोकाडो प्रतिकिलो २ सय २० देखि ३ सय रुपैयाँमा किनबेच भएको थियो । गएको माघ दोस्रो साता बजारमा एभोकाडोको थोक भाउ किलोको ४ सयदेखि ४ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि फागुन दोस्रो साता आइपुग्दा एभोकाडोको भाउ बढेर ५ सय ८० देखि ६ सय रुपैयाँसम्म पुगेको थियो । कालीमाटी बजारमा आज बिहीबार एभोकाडोको भाउ किलोको अधिकतम ६ सय ५० र औसत ६ सय २६ रुपैयाँ कायम छ । फलफूल व्यवसायीका अनुसार बजार मागअनुसार एभोकाडो आपूर्ति नभएकाले मूल्य बढेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर