




बिर्तामोडमा – विद्युतीय सामग्री उत्पादक कम्पनी हिमस्टारले झापाको बिर्तामोडमा ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको छ। उपभोक्तामाझ विद्युतीय प्रेसर कुकरको उपयोगिता र फाइदाबारे जानकारी दिन आयोजित कार्यक्रममा प्रयोगात्मक प्रदर्शनसहित एक्सचेन्ज अफरसमेत राखिएको थियो।

हिमस्टारका लागि बिर्तामोडका आधिकारिक बिक्रेता महेन्द्ररत्न स्टोर्सले इन्द्रेणी बैंक्वेटमा आयोजना गरेको कार्यक्रममा इलेक्ट्रिक प्रेसर कुकरको विस्तृत प्रयोगात्मक जानकारी प्रदान गरियो। हिम इलेक्ट्रोनिक्स प्रालिका कर्पोरेट सेल्स म्यानेजर रामसुन्दर श्रेष्ठले विद्युतीय प्रेसर कुकरको सफाइ, स्वचालित प्रणाली, ऊर्जा(किफायती विशेषता, सुरक्षात्मक पक्ष र स्वास्थ्यप्रद फाइदाबारे जानकारी गराएका थिए।

कार्यक्रममा महिलाहरूलाई फिल्ड कोअर्डिनेटर सुधा गुरुङ, डेमो एक्जिक्युटिभ सुष्मा तामाङ र विनु ठकुरीले विद्युतीय प्रेसर कुकरको प्रयोगात्मक अभ्यास गराउँदै खाना तथा मासु पकाएर प्रदर्शन गरेका थिए।


हिमस्टारका लागि बिर्तामोडका आधिकारिक बिक्रेता महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीका अनुसार इलेक्ट्रिक प्रेसर कुकरमा पारम्परिक प्रेसर कुकर र राइस कुकरका विशेषता समेटिएको छ।
प्रदर्शनीको अवसरमा उपभोक्ताहरूले पुरानो प्रेसर कुकर साटेर नयाँ विद्युतीय कुकर पाउने अफरको समेत लाभ उठाएका थिए। महेन्द्ररत्न स्टोर्सकी सञ्चालक सम्झना भण्डारीका अनुसार एक्सचेन्ज अफरले उपभोक्तालाई नयाँ प्रविधि अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।