Aamsanchar

२० जना प्रहरी कर्मचारी पुरस्कृत

Author Image
बिहिवार, चैत १४, २०८१

ताप्लेजुङ – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले ताप्लेजुङका २० जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् ।

प्रहरी कार्यालयको निरीक्षण भ्रमणका लागि आएका अधिकारीले प्रहरी नायब उपरीक्षक रवि रावलदेखि जवान र कार्यालय सहयोगीसम्मलाई पुरस्कृत गरेका हुन् ।

पाथीभरा केबलकार विवाद, झडप जस्ता गतिविधि भइरहेका बेला प्रदेश प्रहरी प्रमुखले जिल्लामै आएर गरेको सम्मान र पुरस्कारलाई महत्त्वका साथ हेरिएको छ । हिरासत, कार्यालय भवन, शाखाहरु अवलोकनपछि प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए ।

आचरण र व्यवहारमा सुधार ल्याई भाईचारा तथा सहयोगी भावनाको साथ आफ्नो कर्तव्य निर्वाह गर्न उनको निर्देशन छ । संगठनको हित र उद्देश्यलाई सर्वोपरी ठानी नागरिकमैत्री प्रहरी सेवा प्रदानुपर्नेमा उनको जोड छ ।

ताप्लेजुङका विभिन्न इकाईमा कार्यरत उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर