




तेह्रथुम- प्रेस सेन्टर तेह्रथुमको अध्यक्षमा विरेन्द्र लिम्बु चयन हुनुभएको छ। प्रेस सेन्टर नेपाल तेह्रथुमको छैटौ जिल्ला अधिवेशनबाट पत्रकार लिम्बुलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो।

बिहीबार जिल्लामा सम्पन्न अधिवेशनले उपाध्यक्ष रुद्रप्रसाद गुराँगाई, सचिवमा सागर पोख्रेल, सहसचिवमा आमोस लिम्बु र विकिता लिम्बु।, कोषाध्यक्षमा अमृत मनोज गौतम चयन हुनुभएको छ। ११ सदस्य रहेको समितिको इन्चार्जमा दिपक कट्टेल र सह इन्चार्जमा बबिता किराती राई चयन हुनुभएको छ।

नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागाईको प्रमुख आथित्यमा आयोजित अधिवेशनमा प्रेस सेन्टरका पदाधिकारी, जनवर्गीय संगठनका प्रमुख, जिल्ला सदस्य र साधारण सदस्यको उपस्थिति रहेको थियो।


अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चापागाईले प्रेस सेन्टरको नयाँ टिमलाई जनताको पक्षमा अझ क्रान्तिकारी भएर अगाडि बढ्न सुझाव दिनुभयो।
प्रेस सेन्टरका नवनिर्वाचित जिल्लाध्यक्ष लिम्बुले वेतिथि विरुद्ध आफ्नो कलम सधै चलिरहने बताउनुभयो।