Aamsanchar

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन ‘जनकमाण्डर’को जिम्मेवारी दुर्गा प्रसाईंलाई

Author Image
बिहिवार, चैत १४, २०८१

 

काठमाडौं ।  राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। समितिले चैत २१ गतेदेखि सरकारविरुद्ध संघर्षलाई तीव्र बनाउने चेतावनी दिएको छ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले सरकारले शान्तिपूर्ण आग्रहलाई वेवास्ता गरेमा बाध्य भएर आन्दोलनलाई सशक्त बनाउनुपर्ने अवस्था आउने बताए। उनले भने, “एक हप्ताभित्र हाम्रो माग सम्बोधन नभए चैत २१ गतेदेखि आन्दोलनलाई नयाँ रूप दिइनेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुनेछ।”

समितिले चैत १६ गते तीनकुनेमा विरोध प्रदर्शन गर्ने जनाएको छ। उपत्यकामा सोही दिन पर्ने घोडेजात्राका कारण अन्य कार्यक्रम नराखिएको संयोजक सुवेदीले जानकारी दिए। तर, चैत १७ गतेदेखि विभिन्न चरणका आन्दोलनात्मक कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए।

यसअघि समितिले चैत १५ गते राजधानीमा व्यापक प्रदर्शन गर्ने घोषणा गरिसकेको छ। साथै, समितिले ‘जनकमाण्डर’को जिम्मेवारी दुर्गा प्रसाईंलाई दिएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि लामो समयदेखि आवाज उठाउँदै आएको समूहले अब संघर्षलाई थप प्रभावकारी बनाउने संकेत दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)