Aamsanchar

भारतबाट भित्र्याइएर ल्याइएको १५० किलो अवैध बोइलर कुखुरा बरामद

Author Image
बिहिवार, चैत १४, २०८१

नेपालगन्ज- केही समय यता भारतबाट अवैध रुपमा भित्र्याइएका ठुलो परिमाणका प्रतिबन्धित कुखुराहरु प्रहरीले दिनदिनै बरामद गरिरहेको छ । यहाँस्थित नेपाल–भारत मुख्य नाकामा सुरक्षा व्यवस्था अतिनै कडा पारिएको र साइड नाकाहरुमा सशस्त्र प्रहरीको टोलीले नियमित गस्ती गरिरहेको अवस्थामा पनि अवैध रुपमा नेपाल भित्र्याइएको कुखुरा दैनिकजसो बरामद हुँदै आएको हो ।

यसैबिच भारतबाट अवैध रुपमा भित्र्याइएर ल्याइएको १५० किलो अवैध बोइलर कुखुरा प्रहरीले नेपालगन्जको परसपुरबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी साइँगाउँको संयुक्त टोलीले नेपालगन्ज–१७ परसपुरबाट १५० किलो बोइलर कुखुरा र तस्करीमा प्रयोग भएका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बिहान १० बजे जिप्रकाबाट गएका प्रहरी वरिष्ठ नायब निरीक्षक नदिरमा खड्का र साइँगाउँ प्रहरी चौकी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काको संयुक्त टोलीले अवैध रुपमा भारतबाट ल्याइएको सो बोइलर कुखुरासहित बा ३५प ४५९५ र भे४प ६३८२ नम्बरका दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको अवैध कुखुरासहित नियन्त्रणमा लिइएका दुई मोटरसाइकललाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)