Aamsanchar

सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि

Author Image
शुक्रवार, चैत १५, २०८१

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ कीर्तिमान बनाएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ।

बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो। यसअघि ७ चैतमा १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ अहिलेसम्मकै उच्च
सोमवार, चैत १८, २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड
आइतवार, चैत १७, २०८१
आज विदेशी मुद्राको विनिमयदर
शुक्रवार, चैत १५, २०८१