




काठमाडौं- तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।


त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ ।
राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । त्यहाँ नेताहरु देखिएका छैनन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 105