




पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भइरहेको यो आन्दोलन पछिल्लो समय उग्र बन्दै गएको छ। दुर्गा प्रसाईंको नेतृत्वमा आयोजित प्रदर्शनले राजधानीको शान्ति भंग गरेको छ।

प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै निजी घर तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेका छन्।

सरकारले हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्ने बताएको छ भने सुरक्षाकर्मीको हतियार लुट्ने घटनाको अनुसन्धान अघि बढाइसकेको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 246