




काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी प्रदर्शनका क्रममा देखिएको गतिविधिलाई मण्डले अराजकता भनेका छन् ।

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकास्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन् ।’ राजावादीहरुले अझ परिस्थिति उत्तेजित पार्न चाहिरहेको पनि बताए । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरुको चरित्र हो’, प्रचण्डले भने ।

तर आफ्नो सभा शान्तिपूर्ण रहेको उनले बताए ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 129