




काठमाडौं- राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए आफैं गाडी चलाउँदै बीएबी ४२४८ नम्बरको गाडीमा उनी अघि बढेका थिए ।

‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए । उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।

निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ । सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो । जसकारण काठमाडौं प्रशासन राति १० बजेसम्मलाई भन्दै केही स्थानमा कर्फ्युसमेत लगाएको छ ।

