




काठमाडौँ – राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ ।

नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको हो ।


प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 264