Aamsanchar

कोटेश्वरस्थित जडीबुटी कम्पनीमा भीषण आगलागी, नियन्त्रण प्रयास हुन सकेन

Author Image
शुक्रवार, चैत १५, २०८१

काठमाडौं । कोटेश्वरस्थित एक जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा भीषण आगलागी भएको छ। आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगलागी भएको छ। उक्त भवनसँगै रहेको उत्पादन केन्द्रमा ‘सञ्चो’ औषधि निर्माण हुने गर्दछ।

विस्फोटको उच्च जोखिम
स्टोरमा २५ टन तेलसहित अन्य प्रज्वलनशील पदार्थ रहेको हुँदा आगलागी अझै फैलने सम्भावना छ। ‘यदि आगो स्टोरमा फैलियो भने ठूलो विस्फोट हुनसक्छ र जडीबुटी क्षेत्र नै ध्वस्त हुन सक्छ,’ यादवले भनिन्। तर, आगो नियन्त्रणका लागि कुनै पहल भएको छैन।

प्रदर्शनकारीको आक्रमण
यसअघि, प्रदर्शनकारीले कम्पनी परिसरमा रहेका आधा दर्जन गाडी जलाएका थिए। ‘हामी काम गरिरहेका थियौं, अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो। भवनको सिसा फुटेपछि ज्यान जोगाउन पछाडिको बाटो हुँदै भाग्यौं,’ यादवले घटनाबारे सुनाइन्।

सुरक्षाको सवाल
यो घटनाले औद्योगिक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले तत्काल कदम चाल्नुपर्ने माग उठिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 152

प्रतिक्रिया (०)