Aamsanchar

पक्राउ गर्न हिँडेको प्रहरी टोलीले भेटेन दुर्गा प्रसाईंलाई

Author Image
शुक्रवार, चैत १५, २०८१

काठमाडौं – दुर्गा प्रसार्र्ईं सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा उनी भेटिएका छैनन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।

तर, उनी सम्पर्कविहीन भएका छन् । प्रहरी अधिकारीका अनुसार उनको खोजी तीब्र पारिएको छ । प्रसाईंको नेतृत्वमा प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीले तीनकुनेमा अराजकता मच्चाएका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा परेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।

त्यस्तै प्रदर्शनकारीले एक घरमा लगाएको आगोमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 215

प्रतिक्रिया (०)