




संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक सुवेदी र प्रवक्ता नेपाललाई प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको छ। यस्तै, तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आशंकामा लिम्बु र तामाङलाई पनि पक्राउ गरिएको छ।

यसअघि नै राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परिसकेका छन्।

प्रसाई सम्पर्कविहीन
यसैबीच, प्रदर्शनका मुख्य अगुवा दुर्गा प्रसाई भने फरार भएका छन्। प्रहरीले उनको मोबाइल बन्द रहेको र हालसम्म सम्पर्कमा नआएको जनाएको छ।


अझै पक्राउको तयारी
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारेको छ। यसअघि शुक्रबार दिउँसो प्रदर्शनकै क्रममा १२ जनालाई नियन्त्रणमा लिइएको थियो। शुक्रबारको प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि अन्ततः हिंसात्मक बनेपछि सुरक्षा निकायले राजधानीको सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ।