Aamsanchar

सम्पर्कविहीन दुर्गा प्रसाईंको अन्तिम लोकेसन भैंसेपाटी

Author Image
शनिवार, चैत १६, २०८१

काठमाडौं – राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंको खोजीकार्य जारी छ । शुक्रबारको उनको अन्तिम लोकेसन ललितपुरको भैंसेपाटी रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले उनको खोजीकार्य जारी रहेको जानकारी दिए । “हिजो धर्मगुरु पुस्कर खतिवडाको घरमा फलफूल खाएर निस्किएको पाइयो । अहिलेसम्म पक्राउ परेका छैनन्,” एसपी रेग्मीले भने ।

खतिवडालाई भने आज बिहान प्रहरीले पक्राउ गरिसकेको छ । आफूलाई प्रहरीले जहाँ बोलायो त्यहीँ आउने बताएका प्रसाईं त्यसको केहीबेरमै सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीन प्रसाईंको शुक्रबारको अन्तिम लोकेसन भैंसेपाटी देखिएको हो ।

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परिसकेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । गृहमन्त्री रमेश लेखकले पनि प्रसाईं छिट्टै पक्राउ पर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर