Aamsanchar

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

Author Image
शनिवार, चैत १६, २०८१

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।

पर्साको वीरगंज महानगरपालिका-१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका-४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका-२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन्।

भक्तपुरको सूर्यबिनायक नगरपालिका-७ गुण्डु नाक्के डाँडा जंगलस्थित खानेपानी ट्याङ्की नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)