Aamsanchar

आज झापा र लुम्बिनी भिड्दै

Author Image
आइतवार, चैत १७, २०८१

काठमाडौं – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। लिगमा पहिलो प्रतिस्पर्धा गर्न लागेका दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रिँदैछन्।

यसअघि हिजो सम्पन्न खेलमा दुई पूर्वविजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए। दुई गोलको अग्रता जोगाउन नसक्दा साबिक विजेता ललितपुर काठमाडौंसँग २–२ को बराबरीमा रोकियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर