Aamsanchar

पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेकाे पत्र लिएर निर्मलनिवास जाँदै महानगरको टोली

Author Image
आइतवार, चैत १७, २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आइतबार (चैत १७) निर्मलनिवासमा बुझाइने भएको छ ।

निर्मलनिवासमै पुगेर जरिवानापत्र बुझाउने तयारी रहेको महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले बताए । “हिजो महानगरले काटेको जरिवानापत्र लिएर निर्मलनिवास जाँदै छौँ । कति बेला जाने भनेर एकैछिनमा थाहा हुन्छ,” अर्यालले  भने ।

महानगरले विभिन्न शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।

प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर