Aamsanchar

सरकारले पूर्वराजा ज्ञानेन्द्रकाे सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या घटायाे

Author Image
आइतवार, चैत १७, २०८१

काठमाडौं – सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती गरेको छ । सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सुरक्षाकर्मीको संख्या घटाएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार सरकारले बनाएको कार्यविधि अनुसार विशिष्ट व्यक्तिलाई दिइने सुविधा अनुसार सुरक्षाकर्मी खटाएको हो।

डीएपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको १० जना प्रहरी फिर्ता बोलाएको हो । उनको सुरक्षार्थ २५ जना खटिदै आएकोमा अहिले १५ जनामात्र राखिएको छ ।

नारायणहिठी राजदरबारबाट हटेपछि पूर्वराजपरिवारलाई सरकारले आवाससहितको सुरक्षाकर्मीको सुविधा उपलब्ध गराएको छ । योसँग कार्यविधिमा तोकिएभन्दा बढी सुरक्षाकर्मी भएका सबै क्षेत्रमा सुरक्षा कटौति गर्न लागिएको हो ।

 

सशस्त्र प्रहरी बलका अनुसार परिवारका सदस्यहरूका लागि खटाइएको सुरक्षा टोली पनि फिर्ता बोलाइनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर