




काठमाडौं – प्रहरीको खोजीको सूचीमा रहेका दुर्गा प्रसाईँले आफूलाई मार्ने षडयन्त्र गरेपछि प्रहरीको घेरा तोड्ने बाध्य भएको बताएका छन्।

एक भिडियो सार्वजनिक गर्दै उनले राज्यले सार्फ सुटर लगाएर आफूलाई मार्न खोजेको सुराकी पाए पछि आफैँ गाडी चलाएर अगाडि बढ्न बाध्य भएको पनि बताएका हुन्।

‘म प्रहरीलाई सबैभन्दा धेरै माया गर्ने मान्छे हुँ। त्यस दिन प्रहरी जवानहरूलाई किच्न खोजेको भन्ने आरोप छ’, उनले भिडियो सन्देशमा भनेका छन्।


प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि आफू सुरक्षित स्थानमा बसिरहेको उनले उल्लेख गरेका छन्। ‘म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु’, उनले भनेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
+1
+1
+1
+1
+1
Views: 230