Aamsanchar

‘पाथीभरा दर्शन केबलकार’ निर्माण राेक्न राख्न सर्वोच्चकाे अल्पकालीन अन्तरिम आदेश

Author Image
आइतवार, चैत १७, २०८१

झापा – सर्वोच्च अदालतले ताप्लेजुङमा बनाउन लागिएको ‘पाथीभरा दर्शन केबलकार’ निर्माणमा हालसम्म भएका काम–कारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार (चैत १७) न्यायाधीश सांरगा सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पाथीभरा केबलकार निर्माणको काम रोक्न माग गर्दै यामबहादुर लिम्बूसहितले सर्वोच्चमा रिट दायर गरेका थिए । गएको शुक्रबार ९चैत १५० न्यायाधीश सुवेदीको इजलासबाट भएको आदेशको पाठ आइतबार सार्वजनिक गरिएको छ ।

अन्तरिम आदेश छलफलका निम्ति दुवै पक्षलाई यही चैत २६ गते सर्वोच्चमा बोलाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)