Aamsanchar

राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

Author Image
आइतवार, चैत १७, २०८१

काठमाडौं – राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने भएका छन्। संयोजक नवराज सुवेदीले गुरुङलाई आन्दोलनको नेतृत्व गर्ने जानकारी गराएका हुन्। गरुङ संस्कृतिविद् हुन्।

उनले आफूलाई सरकारले नजरबन्दमा राखेको दाबीसमेत गरेका छन्। उनले राजावादीहरूको आन्दोलनलाई निरन्तर राख्न आह्वान पनि गरेका छन्।

´सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ। आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु,` संयोजक सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर