Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, चैत २०, २०८१

काठमाण्डौ – सुनको भाउ आज उच्च मूल्यबाट ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सय रुपैयाँ घटेर तोलाको एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार ३५ रुपैयाँमा कायम भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर