Aamsanchar

विभिन्न सम्झौतापत्रमा नेपाल र थाइल्यान्डबीच हस्ताक्षर

Author Image
बुधवार, चैत २०, २०८१

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न शिनावात्राको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा ६ वटा समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।

थाइल्यान्ड सरकारको औपचारिक भ्रमण तथा छैटौं ुबिम्स्टेकु सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो थाइल्यान्ड पुग्नुभएको हो ।

यसैबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । शिखर सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच पर्सि शुक्रवार ुसाइडलाइनु वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि गएको असोज ७ गते संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकाको न्युयोर्कमा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीको यो कार्यकालमा भारतबाट भ्रमणको निम्तो आएको छैन । प्रधानमन्त्री ओलीले भने न्युयोर्कमै मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर