




काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीको राजीनामा माग गरेको छ। बुधबार कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै राप्रपाले गृहमन्त्रीको राजीनामा मागेको हो।


चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा तीनकुने घटनाको छानबिन गर्न गृहमन्त्रीको राजीनामा,त्यस दिनको सुरक्षाको नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गरिनुपर्ने राप्रपाको माग छ।

यसैगरी उक्त घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग गर्नुपर्ने,मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा। धवलसम्शेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ तथा घाइतेहरूको निस्शुल्क उपचारको व्यवस्था हुनुपर्ने राप्रपाले गरेको छ।

