Aamsanchar

अफगानिस्तानले नेपाललाई ३ सय १ रनको लक्ष्य दियो

Author Image
बिहिवार, चैत २१, २०८१

काठमाण्डौ – अफगानिस्तानको १९ वर्षमुनिको टोलीले पहिलो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई ३ सय १ रनको लक्ष्य दिएको छ ।

मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनायो । अफगानिस्तानका फैसल शिनोजादाले ९७, खालिद अहमदजाईले ७६ रन बनाए । नेपालका सन्तोष यादवले ३ विकेट लिए ।

यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपालली युवा टोलीले अफगानिस्तानको १९ वर्षको टोलीसँग तीन खेलको अभ्यास शृङ्खला खेल्न लागेको हो । अभ्यास शृङ्खलाको दोस्रो खेल आउँदो आइतवार र तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।

यसअघि नेपाली १९ वर्षमुनिको टोलीले दिल्लीको युवा टोलीसँग अभ्यास शृङ्खला खेलेको थियो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर