Aamsanchar

शिक्षक आज पनि सडकमा

Author Image
बिहिवार, चैत २१, २०८१

काठमाडौं-  शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । माइतीघर मण्डल -बबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका छन् । उनीहरू बाँसुरी बजाउँदै, मादल घन्काउँदै आफ्ना मागका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन् । यसअघि धर्ना र अनशनलगायत आन्दोलनका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ । तर, ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको छ ।

शिक्षकहरुले ऐन जारी गर्न माग गरे पनि भर्खरै संसदको हिउँदे अधिवेशन अन्त्य भएकोले सम्भव छैन । शिक्षकहरुले भने अध्यादेशबाट भए पनि आफ्ना माग सम्बोधन गर्नु पर्ने बताएका छन् । यसबारे संसदीय समितिले भने असहमति जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर