Aamsanchar

बागलुङमा जिप दुर्घटना

Author Image
बिहिवार, चैत २१, २०८१

बागलुङ-  बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं.११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्ष (डिएसपि) बिजय यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका रानालाई गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै, दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नं. ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहरा फाँटका १९ वर्षीय अशोक बोहोरा घाइतेको जिप्रका बागलुङका डिएसपि यादवले जानकारी दिनुभयो । घाइतेहरुको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । जिप सडकदेखि एक सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर