Aamsanchar

सहारा नेपाल साकोसको ३० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

Author Image
बिहिवार, चैत २१, २०८१


चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ३० औं वार्षिकोत्सव विभिद कार्यक्रम गरेर मनाएको छ ।
आज संस्थाको केन्द्रिय कार्यलयमा आयोजित कार्यक्रममा सहारा नेपाल साकोस स्थापना कालदेखि वर्तमान सम्म आइपुग्दाको दुख र सफलताका अभ्यासहरूको चर्चा गरिएको थियो ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा लीलादेवी सिटौला सृजनशील नागरिक अक्षयकोष मार्फत पाँचवटा सामाजिक सेवामूखी संस्थालाई जनही १० हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ ।
तारा नमस्ते बालग्राम, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र, परोपकार तथा अनुसन्धान केन्द्र, सुस्त मनस्थिति सरोकार समाज नेपाल र नेत्रहीन सङ्घ झापालाई सहयोग प्रदान गरिएको हो ।

अक्षयकोष दाता परिवारहरू राम सिटौला, डिल्लीराम सिटौला लगायत परिवारका सदस्यहरूले सहयोग रकम प्रदान गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको आर्थिक र सामाजिक अवस्थाको बारेमा जानकारी गराएका थिए । गिरीका अनुसार २०५२ सालमा स्थापना भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आर्थिक स्थायित्व र सामाजिक उत्तरदायित्वको नयाँ उचाइ छुने सफलता हासिल गरेको छ । स्थापना कालमा ३३ जना शेयर सदस्य र ३४ हजार रुपैयाँको शेयर पूँजी बाट सुरु भएको यो संस्था आज १ लाख ९० हजार शेयर सदस्य सम्म पुग्न सफल भएको छ । संस्थाले हालसम्म १ अरब ७० करोडको शेयर पूँजी, १ अरब ३० करोडको संस्थागत पूँजी, १३ अरब ७५ करोडको बचत सङ्कलन, र ११ अरब ५० करोडको ऋण लगानी गरेको छ । महत्वपूर्ण उपलब्धिको रूपमा, संस्थाको बाह्य ऋण शून्य रहेको छ भने झण्डै १८ अरबको वासलात रहेको छ ।

संस्थाका प्रथम उपाध्यक्ष छविलाल खतिवडाले स्वागत गरेका थिए । सल्लाहकार आशा शर्मा शिवाकोटी, केशवप्रसाद ओझाले शुभकामना मन्तव्य राखे । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष डम्बरबहादुर देउजाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)