




भारतीय चलचित्र अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ । देशभक्तिपूर्ण विषय वस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गर्नुभएका ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेताको हिजो मुम्बईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उहाँ मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।


‘उपकार’, ‘पूरब और पछिम’, ‘क्रान्ति’ लगायत देशभक्तिपूर्ण विषय वस्तुका थुप्रै चलचित्रमा मनोज कुमारले अभिनय गर्नुभएको थियो ।

हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा उहाँको योगदान छ ।


अभिनेता कुमारले भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिनुभएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 101