Aamsanchar

आजको माैसम

Author Image
शनिवार, चैत २३, २०८१

काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौंको मौसम सफा रहने मौसमविद् रोजन लामिछाने बताउँछन् । “काठमाडौंमा आज मौसम सफा रहनेछ । दिनभर घाम लाग्नेछ,” मौसमविद् लामिछानेले भने, “उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । केही थोरै भूभागमा वर्षा हुन पनि सक्छ । तर, वर्षाको सम्भावना निकै न्यून छ ।”

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
मङ्गलवार, चैत २६, २०८१
आजको माैसम
सोमवार, चैत २५, २०८१
माैसम पुर्वानुमान
आइतवार, चैत २४, २०८१