Aamsanchar

व्यवसायी पलायन रोक्न राज्यको गम्भीर ध्यान आवश्यक : अध्यक्ष राउत

Author Image
शनिवार, चैत २३, २०८१

बिर्तामोड ।  “देशको अर्थतन्त्र धरासायी बन्दै जाँदा व्यवसायीहरू विदेश पलायन हुने स्थितिमा पुगेका छन्। उनीहरूलाई रोक्न अब राज्य गम्भीर हुनुपर्छ,” नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बिर्तामोडमा आयोजित एक कार्यक्रममायस्तो भनेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले कोभिड–१९ पछि मुलुकको आर्थिक अवस्था खस्कँदै गएको उल्लेख गरे। “राज्यले व्यवसायीलाई संरक्षण गर्न नसके देशको आर्थिक मेरुदण्ड नै भाँचिनेछ,” उनले भने, “सरकारले कर तिर्ने व्यवसायीप्रति उत्तरदायी भई उनीहरूलाई आवश्यक सेवा, सुविधा र प्रोत्साहन दिनुपर्छ।”

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले स्वागत मन्तव्य दिएका थिए। अध्यक्ष न्यौपानेले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका २३ वटा भावी योजनाहरू सार्वजनिक गरेका थिए।

कार्यक्रममा अग्रज व्यवसायी गणेश मादेनलाई नगद ११ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरियो। मादेनले उक्त रकम संघद्वारा स्थापना गरिएको व्यावसायिक राहत कोषमा योगदान दिँदै अनुकरणीय उदाहरण प्रस्तुत गरे।

प्रमुख अतिथिले मन्तव्य राख्ने बेलामा सदस्य, अतिथिहरुको सहभागिता अत्यन्तै न्युन रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू नविन रिजाल, नरेन्द्र खड्का, संघका पूर्व अध्यक्ष कुमार भट्टराई, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, दमक उद्योग वाणिज्य संघ अध्यक्ष गोपाल गुरागाँई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, तथा महिला सुरक्षा दबाव समूहकी अध्यक्ष शारदा ढकाल रिजाललगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य घट्यो
मङ्गलवार, चैत २६, २०८१
नेपाली बजारमा सुनको भाउ
सोमवार, चैत २५, २०८१
सुनको मूल्यमा भारी गिरावट
आइतवार, चैत २४, २०८१