Aamsanchar

सुनको मूल्यमा भारी गिरावट

Author Image
आइतवार, चैत २४, २०८१

काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १९ सय रुपैयाँ घटेको हो।

महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ। जसअनुसार आज सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। जसअनुसार आइतबार चाँदी तोलामा एक हजार ८०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर