Aamsanchar

आज झापा र चितवन खेल्दै

Author Image
आइतवार, चैत २४, २०८१

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा झापा एफसी लगातार दुई खेलमा बराबरीसहित दुई अङ्कका साथ पाचौं स्थानमा छ । चितवन एफसी लगातार दोस्रो जीतसहित ६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल सुपर लिगमा हिजो भएका खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन् भने पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर