Aamsanchar

बिराटनगरमा ४५ किलो गाँजासहित दुई जना पक्रा*उ

Author Image
सोमवार, चैत २५, २०८१

विराटनगर । प्रहरीले विराटनगरबाट ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय छटु यादव र १९ वर्षीय भूपेन यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

उनीहरूले आफ्नो घरमा ४५ किलो गाँजा भण्डारण गरेर राखेको चिमरियाले बताए। प्लाष्टिकको झोलामा प्याकिङ गरेर राखेको अवस्थामा गाँजा फेला परेपछि दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर