Aamsanchar

नेपाल–भारत सीमापार पर्यटनमा नयाँ ढोका, मेचीनगरमा व्यवसायीबीच सहमति

Author Image
बुधवार, चैत २७, २०८१

झापा- मेचीनगरमा आयोजित दोस्रो क्रस बोर्डर टुरिजम कनक्लेभले नेपाल र भारतका पर्यटन व्यवसायीबीच सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकेत देखिएको छ। नेपाल पर्यटन बोर्डको अगुवाइमा सम्पन्न कार्यक्रममा दुई देशका प्रमुख पर्यटन संघहरू — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र भारतको इस्टर्न हिमालयन टुर एन्ड ट्राभल अपरेर्टस एसोसिएसन (इह्टोवा) — बीच महत्वपूर्ण सम्झौता भएको छ।
सम्झौताले अब सीमापार संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, पर्यटकहरूको ओहोरदोहोर सहज बनाउने, र दुवै देशका प्रमुख गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने काममा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम केवल हस्ताक्षरमै सीमित रहेन। प्यानल छलफलदेखि व्यवसायिक अन्तरक्रिया, र ‘बिजनेस टु बिजनेस’ (B2B) सत्रसम्मका गतिविधिहरूले सहभागीहरूलाई गहिरो संवाद र सहकार्यको अवसर प्रदान गर्‍यो। कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, सञ्चारकर्मी, र सरकारी प्रतिनिधिहरूबीच पर्यटन प्रवर्द्धनका विविध आयाममा विचारविमर्श भयो।
नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नाट्टा कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराई, इह्टोवा भारतका अध्यक्ष सुरेश ठकुरी लगायतले सीमापार पर्यटनले दुई देशको सांस्कृतिक र आर्थिक सम्बन्ध मजबुत पार्ने धारणा व्यक्त गरे।
कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ र मेचीनगर नगरप्रमुख मीना पोखरेलले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ का रूपमा सफल पार्न सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै, यस्ता कार्यक्रमले त्यसको जग बसाल्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर