Aamsanchar

गोठमा झुण्डिएको अवस्थामा वडा अध्यक्ष मृत फेला

Author Image
बुधवार, चैत २७, २०८१

बागलुङ- जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत भेटिनुभएको छ । सो वडाको काँक्राखोर बस्ने ५० वर्षीय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिनुभएको हो ।

भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेको बताएको छ ।

बुधबार बिहान ११ः३० बजे भण्डारी मृत भेटिनुभएको थियो । गत स्थानीय निर्वाचनमा भण्डारी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर