Aamsanchar

प्रधानमन्त्रीले सबै मन्त्री र सचिव बोलाए

Author Image
बिहिवार, चैत २८, २०८१

काठमाडौं –  सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउने तयारीमा जुटेको छ।

अर्थ मन्त्रालयले बजेट लेखनको काम सुरु गरिसकेको छ। वर्षेनी ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन हुन नसक्दा बीचमा संशोधन मार्फत घटाउने गरिएको छ। जसले गर्दा शिथिल अर्थतन्त्रलाई गति दिन सकेको देखिँदैन।

यही बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूसँग परामर्श गर्ने भएका छन्।

उनले दिउँसो साढे ३ बजे सबै मन्त्री र सचिवसँग सिंहदरबारमा छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यस वर्षदेखि फागुन महिनाबाटै प्रिबजेट छलफल चलाउने र पर्याप्त छलफल गर्नेगरी कार्यतालिका बनाएको थियो । तर, वर्तमान सरकारले त्यसलाई पछ्याउन सकेन ।

अहिले मन्त्रालयहरू बजेट सिलिङको तयारीमा छन् । प्रधानमन्त्री ओलीले त्यसबारे पनि जानकारी लिँदै आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न लागेका हुन्।

सरकारले हरेक जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर