Aamsanchar

घरको पेटीबाट चिप्लिएर एक महिलाको मृत्यु

Author Image
बिहिवार, चैत २८, २०८१

धनकुटा- धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भक्तबहादुर राईकी ५० वर्षीया श्रीमती कल्पना राई रहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार घरको पेटीबाट चिप्लिएर ५० मिटर तल खसेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनलाई थप उपचारको लागि चिकित्सकले विराटनगरस्थित विराट नर्सिङ होम रिफर गरेकोमा उपचारकै क्रममा उनको बुधबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर