Aamsanchar

कृषकलाई आधुनिक मौरीको घार वितरण

Author Image
शुक्रवार, चैत २९, २०८१

बागलुङ – काठेखोला गाउँपालिकाले १६ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरेको छ। गाउँपालिकाले वडा नम्बर ५ बिहुँको बिहुँ आर्गनिक कृषि समुहका १६ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो।

काठेखोला गाउँपालिका-५ बिहुँका वडाध्यक्ष ज्ञामनाथ कँडेलले कृषि पकेट क्षेत्र कार्यक्रमअन्तर्गत कृषकहरूलाई मौरीको घार र उपकरण वितरण गरिएको बताए। वडाध्यक्ष कँडेलका अनुसार आधुनिक घारबाट कृषकहरूले उत्पादनमा वृद्धि गर्नेमा विश्वास व्यक्त गरे। ‘कृषकहरूको चाहना अनुरूप आधुनिक मौरीको घार उपलब्ध गराइएको हो,’ उनले भने, ‘कृषकलाई आधुनिक घारबाट उत्पादन बढाउन सहज हुने अपेक्षा लिएका छौं।’

गाउँपालिकाले कृषि पकेट क्षेत्र कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा पचास हजारका दरले कृषकहरूलाई मौरीको घार उपलब्ध गराएको कृषि शाखाका कर्मचारी अग्नी कँडेलले बताए।

उनले मह निकाल्ने, मौरीपालन कृषकले लगाउने टोपी लगायतका उपकरण समेत वितरण गरिएको बताए।
गाउँपालिकाले यसअघि अपांग भएका कृषकहरूलाई पनि अनुदानमा मौरीको घार वितरण तथा मौरी पालन सम्बन्धी तालिम सञ्चालन गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर